नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने पक्राउ


काठमाण्डु – त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबीका एक अधिकारीले जानकारी दिए।  प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ । त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । नेपालमा कानुनले कुनै पनि किसिमको सट्टेबाजीलाई अवैध मान्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement