काठमाण्डु – नेपाल र युएईबीचको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत दोस्रो खेल मंगलबार हुँदैछ । खेल कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा बेलुका ५ बजेदेखि शुरु हुनेछ ।
सोमबार वर्षाले प्रभावित भएको पहिलो खेलमा युएई ६ विकेटले विजयी भएको हो ।। पहिलो खेल जीतेको युएईसँग शृङ्खला बराबरी गर्न नेपाललाई अब जित्नैपर्ने दबाब छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र युएईबीच अहिलेसम्म १२ खेल भएकोमा दुवैले समान ६–६ खेल जितेका छन् ।
नेपाल, युएई र ओमान सम्मिलित लिग–टु वैशाख १२ देखि २२ गतेसम्म हुनेछ ।




प्रतिक्रिया