काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ।
बुधबार आबुधावीको शेख जायेद रंगशालामा भएको खेलमा नेपाल युएईसँग सात विकेटले पराजित भएको हो।
नेपालले दिएको दुुई सय २२ रनको लक्ष्य यूएईले ४५ ओभर ५ बलमा तीन विकेटको क्षतिमा पूरा गरेको हो।
गुलाम सबिरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गरे।
मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट हुँदा सबिर ८१ रनमा नटआउट रहे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए।
यसअघि नेपालका लागि शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धशतक बनाएका थिए।
शरदले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए।
ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ओपनिङ ब्याट्सम्यान दिलीप नाथले १६ रन जोडदा बसन्त रेग्मीले नटआउट १४ रन बनाए।
कप्तान पारस खड्का र सोमपाल कामीले २०–२० रनको योगदान गरे।
अब सातौं चरणको दोस्रो खेलमा नेपाल र युएईबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया