काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ। २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानपछि बुधबार आधिकारिक नतिजा घोषणा गरिएको हो। यससँगै महासंघको नयाँ कार्यसमिति औपचारिक रूपमा पूर्ण भएको छ।
विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् भने अन्य पदहरूमा प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। जिल्ला नगर उद्योग वाणिज्य समूहतर्फ उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा (८७ मत) र दिल सुन्दर श्रेष्ठ (८० मत) निर्वाचित भएका छन्।
कार्यकारिणी समिति (खुल्ला) – जिल्ला/नगर समूह
यस समूहबाट १५ जना सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन्। महिलातर्फ गीता अमात्य र हिरा भट्टराई विजयी भएका छन्।
प्रदेश प्रतिनिधित्व
प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ जना निर्वाचित भएका छन् ।
कोशी :- जीवन पराजुली, रमेश विश्वकर्मा
मधेश :- अमरनाथ शाह, विकास कुमार सारडा
बागमती :- प्रकाश मानन्धर, सविन श्रेष्ठ
गण्डकी :- पविन्द्र कुमार श्रेष्ठ, सुविन श्रेष्ठ
लुम्बिनी :- यज्ञप्रसाद भट्टराई, बालकृष्ण सुवेदी
सुदूरपश्चिम :- पिताम्बर जोशी
कर्णाली :- पदमबहादुर शाही र परीचन्द्र देवकोटा निर्विरोध चयन भएका छन्।
वस्तुगत समूह
यस समूहबाट उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ६३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे। कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन्।
महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भइन्। साथै, विश्वनाथ खनाल र सुनैना घिमिरे पनि सदस्यमा चयन भएका छन्।
एसोसिएट समूह
उपाध्यक्षमा प्रबलजंग पाण्डे १,०७९ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठले ७५० मत ल्याइन्। यस समूहबाट १७ जना सदस्य निर्वाचित भएका छन्, जसमा अम्बिका प्रसाद पौडेल, ईश्वरबहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा रहेका छन्।महिलातर्फ अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल सदस्यमा निर्वाचित भएका छन्।
संस्थापक सदस्य समूह
यस समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्।




प्रतिक्रिया