बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध 

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध 


काठमाण्डु –  सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाएकाे छ । कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको छ।

मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

 अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् ।

बुधबार भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ। युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको हाे ।