काठमाण्डु – नेपाल–अमेरिका अलुमुनाई नेटवर्क (नुसान) ले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
काठमाण्डुको माइतीघरमा भएको दीप प्रज्वलन कार्यक्रममा संस्थाका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।
राष्ट्रिय शोक दिवसको अवसर पारेर अध्यक्ष प्रविणा अमात्यको नेतृत्वमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।
प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा बुधबार सरकारले शोक बिदा दिएको छ ।





प्रतिक्रिया