नेपाल र यूएईबीच दुईवटा टी–२० खेल हुने

नेपाल र यूएईबीच दुईवटा टी–२० खेल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)ले दुई खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ ।

यो खेल वैशाख ७ र ८ गते कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ । यो खेललाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ईएल क्लासिको’ नाम दिएको छ ।

टी–२० क्रिकेटमा अहिलेसम्म यी दुई टोलीले ११ पटक खेल्दा नेपाल ६ र यूएई ५ खेलमा विजयी भएको छ ।

यो टी–२० शृङ्खलापछि वैशाख १२ देखि २३ गतेसम्म नेपाल, ओमान र यूएई सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला हुनेछ ।

त्यसपछि जेठ १ देखि ११ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–टु शुङ्खला हुनेछ । यी दुई वटै शृङ्खला त्रिवि रङ्गशालामा हुनेछ ।

८ वटा टोली सहभागी लिग–टुमा नेपाल २० खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । २४ खेलबाट ३६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।