नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गदेै ’वि विल राइजको’ दोस्रो भिडियो प्रतियोगिता हुँदै

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गदेै ’वि विल राइजको’ दोस्रो भिडियो प्रतियोगिता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – ओझेलमा रहेका पर्यटकीय ठाउंहरु उजागार गर्ने प्रयास अनुरुप ’वि विल राइज फाउण्डेसनले’दोस्रो भिडियो प्रतियोगिता गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गदेै फाउण्डेसनले नेपाल पर्यटन बोर्ड,नेपाल चलचित्र विकास बोर्ड,गैरआवासीय नेपाली संघ, ग्लोरियस गण्डकी प्रदेश सहकार्य गरी उक्त कार्यक्रमको घोषणा गरेको छ ।

नेपालका धेरै गाउँहरू अझै पनि पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन सकिने देखेर भिडियो निर्माताहरूले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने ’वि विल राइज फाउण्डेसनले’ जानकारी दिएको छ।  अहिले पर्यटकहरूको अत्यधिक आवागमन हुने क्षेत्रलाई फरक ढंगले प्रस्तुत गर्न सकेमा त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने तर भिडियो भने नेपालकै हुनुपर्ने प्रावधान रहेको छ।

१० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेनछन्। प्रतियोगितामा १ सय दिनसम्म फोटो पठाउन सकिनेछ। प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म भिडियोहरू पठाइसक्नुपर्नेछ। फूल एचडी (१९२०८१०८०) पिक्सेलको हुनुपर्नेछ। नेपाल र नेपालीलाई जोडने काम गर्नेछ, यस भिडियो प्रतियोगिताले लुकेको नेपाल देखाउने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए। उनले भने, ’हरेक नेपालीले जिम्मेवारी भएर आफ्नो देश र जन्मेको ठाउँ चिनाउनु पर्छ।’

कुनै पनि निर्माताले क्यामेराबाहेक आफूसँग रहेको स्मार्टफोनको एचडी क्वालिटीमा भिडियो खिचेरसमेत सहभागिता जनाउन सक्नेछन्। भिडियो अधिकतम पाँच मिनेटको हुनुपर्नेछ। प्रतियोगीहरूले फाउण्डेसनको वेबसाइटमा रजिष्ट्रेसन फर्म भरेर गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन्।  सरकारले चालू आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख गरेको थियो ।