काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो।
उद्घाटन कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन्। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिएका छन्।
करिब २० करोड रुपैयाँ खर्चिएर उद्घाटन समारोह गरिएको छ। दशरथ रंगशालामा उद्घाटनअघि राजधानीका विभिन्न स्थानबाट जातीय तथा सांस्कृतिक झाँकी निकालिएको छ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त लागिपरेका छन्। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।




प्रतिक्रिया