एशियन कप छनोटमा नेपालले आज भियतनामसँग खेल्दै

एशियन कप छनोटमा नेपालले आज भियतनामसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एएफसी एशियन कप छनोटका लागि नेपालले बिहीबार भियतनामसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ ।

भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम पुगिसकेको छ । एशियन कप छनोटमा नेपालले आउदो २८ गते मङ्गलवार पनि भियतनामसँग खेल्नेछ ।

भियतनामविरुद्ध नेपालको यो भेट २२ वर्षपछि हो । यसअघि नेपालले अन्तिम पटक सन् २००३ मा सोही प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । दक्षिण कोरियामा सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

नेपालले होम म्याच त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले होम र अवे दुवै खेल भियतनाममा नै खेल्नेछ ।

छनोटको समूह ‘एफ’मा रहेको नेपाल तालिकामा अंकविहीन छ । नेपालले यसअघि मलेसिया र लाओससँग खेलेको थियो । नेपाल दुवै खेलमा क्रमशः २–० र २–१ ले पराजित भएको थियो । छनोटको निम्ति ४० सदस्यीय नेपालको जम्बो टोली हिजो ९बुधबार० भियतनाम पुगिसकेकोे छ ।

फिफा वरीयतामा नेपाल १७६औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ । प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा छ जनाले पुनरागमन गरेका छन् । आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् ।