‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचार गर्न चिनियाँ अभिनेत्री काठमाडौं आइन्


काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ नेपाल आइपुगेकी छन् ।

५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुन् । उनलाई सरकारले नेपाल भ्रमणमा रहेकै बेला गत अक्टूबरमा २०२० का लागि सद्भावना दूत घोषणा गरेको थियो ।

स्वी छिङले यसपटक नेपालमा रहँदा बर्दिया, लुम्बिनी र भक्तपुरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टका चाइना टूर प्रमोसन कमिटीका संयोजक सुदर्शन नेपालले जानकारी दिए ।

उनले नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपालमा फोटोग्राफी गरेर चीनमा नेपालको व्यापक प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement