नेपाल ए आयरल्याण्ड वुल्भ्ससँग आज पहिलो एकदिवसीय खेल खेल्दै 

नेपाल ए आयरल्याण्ड वुल्भ्ससँग आज पहिलो एकदिवसीय खेल खेल्दै 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ए र आयरल्याण्ड वुल्भ्सबीच आज पहिलो एकदिवसीय सिरिज हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वुल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वुल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो । अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

टिममा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।