काठमाण्डु– नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । बिहीबर भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले सर्वाधिक ५९ रन जोडे ।
यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रन बनाएर अलआउट भयो ।
मलेसियाका लागि मोहमद फाथुल मुइनले सर्वाधिक ३८ रन, कप्तान डियान पट्रोले १० रनमात्र बनाउन सके । बाँकी ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।
नेपालका लागि शुभम् खनालले ४ विकेट, सचिन भट्टले २ र विपिन शर्माले १ विकेट लिए।
नेपाल दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ। आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन्।




प्रतिक्रिया