वेस्ट इन्डिजका पूर्वक्रिकेट विशपले नेपाल–वेस्ट इन्डिजबीचको सिरिजमा कमेन्ट्री गर्ने

वेस्ट इन्डिजका पूर्वक्रिकेट विशपले नेपाल–वेस्ट इन्डिजबीचको सिरिजमा कमेन्ट्री गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र वेस्ट इन्डिजबीच हुने तीन टी २० सिरिज खेलेको कमेन्ट्री चर्चित कमेन्टेटर तथा वेस्ट इन्डिजका पूर्वक्रिकेटर इयान विशपले गर्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले एउटा भिडियो सार्वजनिक गर्दै इयानले नेपाल र वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक सिरिजको कमेन्ट्री गर्ने जनाएको हो। नेपाल र वेस्टइन्डिजले सेप्टेम्बर २७, २९ र ३० गते यूएईस्थित शहाराज क्रिकेट रगंशालामा सिरिज खेल्ने छन्।

क्यानले यो सिरजिको नाम यूनिटि कप राखेको छ। जेन जि आन्दोनलमा मारिएकाहरूप्रति समर्पित गर्दै यो नाम राखिएको हो।
क्यानले रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजविरुद्ध खेल्ने १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।