नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी-२० शृङ्खला आजदेखि शुरू हुँदै

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी-२० शृङ्खला आजदेखि शुरू हुँदै

लेजेन्ड खेलाडी लाराले दिए नेपाली टिमलाई शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्रसँग तीन वटा टी–२० सिरिज खेल्दैछ। पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ ।

नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ। नेपाली क्रिकेटमा ऐतिहासिक महत्त्व बोकेको यो सिरिजले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा पहिचान बनाउन मद्धत गर्नेछ।

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।

पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर पनि छ । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा दुई वटा मात्र जितेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने यस सिरिज खेल्न नेपाली टोली युएई पुगिसकेको छ।

नेपाली टिमका लागि आइसीसी टी–२० विश्वकप पूर्वी एसिया प्यासिफिक छनोट खेल्नुअघि यो राम्रो तयारीको मौका हो। नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो विश्वकप छनोट अगाडिको राम्रो मौका रहेको बताएका छन्।

यसअघि गत वैशाखमा नेपालले वेष्ट इन्डिज एसँग खेलेको थियो। नेपालले ३–२ ले नतिजा वेष्ट इन्डिज एलाई सुम्पेको थियो। तर, यो सिरिजमा नेपालले २ खेलको जित निकालेको थियो।

नेपाललाई लाराको सन्देश

नेपाली क्रिकेट टिमलाई गत नेपाल प्रिमियर लिग (एनपीएल)पश्चात अझ बढी चिन्ने मौका पाएका वेष्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लाराले युनिटी कप अगाडि टिमलाई भिडियो सन्देश पठाएका न्। उनले नेपाली क्रिकेटको भविष्यका लागि यो सिरिज निकै महत्वपूर्ण हुने बताएका छन् । ‘युवा टिमले एक उत्कृष्ट देशसँग खेल्ने मौका पाउनु क्रिकेट समुदायको लागि महत्वपूर्ण कुरा हो,’ उनले सन्देशमा भनेका छन्।

वेष्टइन्डिज लेजेन्डले भिडियोमार्फत नेपाली टिमलाई युनिटी कपको लागि शुभकामना पनि दिएका छन् । ‘नेपाली टिमलाई धेरै शुभकामना। मलाई थाहा छैन म कुन देशलाई समर्थन गर्छु किनभने, मलाई नेपाल निकै मन पर्छ’, लाराले भनेका छन् ।

खेल तालिका :

पहिलो खेल : ११ असोज, राति ८ : १५ बजे

दोस्रो खेल : १३ असोज, राति ८ : १५ बजे

तेस्रो खेल : १४ असोज, राति ८ : १५ बजे

नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी र साहब आलम

वेस्ट इन्डिजको टोली

अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर