कुवेतमाथि नेपालको सानदार जित

कुवेतमाथि नेपालको सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित निकालेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको सानदार जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा र्गयो । यो जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ।

अब नेपालले भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ। सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नेछ। नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए। पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै, शरद भेषवाकरले अविजित ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए। कुवेतका मुहमद कासिफले तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो। कुवेतलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले ३÷३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने वसन्तले २० रन खर्चिए।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाललाई टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।