नेपाल साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश

नेपाल साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बेलुका  ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा

अायाेजक बंगलादेशलार्इ २–० गाेल अन्तरले पाखा लगाउँदै नेपालले सेमिपफाइन यात्रा तय गरेकाे हाे।

नेपालका लािग ३३औँ मिनेटमा बिमल घर्तिमगर र ८९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका हुन्।

जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेकाे छ।  समान अंक भए पनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेकाे हाे। बंगलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन्।

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भूटानविरुद्ध ४–० र आयोजक बंगलादेशलार्इ २–० ले पराजित गर्न सफल भएकाे हाे ।

सेमिफाइलनको खेल आगामी मंगलबारदेखि हुनेछ ।