नेपालद्वारा केन्या तीन विकेटले पराजित


काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत सोमबारको खेलमा नेपाल विजयी भएको छ।

नेपालले केन्यालाई ३ विकेटले पाखा लगाएको हो।

नामिबियामा भएको खेलमा केन्याले दिएको १ सय ७८ रनको लक्ष्य  नेपालले ३ विकेट ३ बल बाँकी छदा पूरा गरेको हो।

जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएकोमा पहिलो बलमा रोहितले दुई रन लिएका थिए। तर, अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भएपछि १ बलमा २ रन चाहिएको थियो।

सोमपालले २ रन लिएर नेपाललाई जिताए। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। कप्तान पारस खड्का र आरिफ शेखले ४२–४२ रन तथा शरद भेषवाकरले १९ रन बनाए।

केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement