नेपालले जित्यो एसीसी यू–१९ को उपाधि, एसिया कप खेल्ने


काठमाडौं – एसीसी यू–१९ प्रतियोगिता २०१९ पूर्वी क्षेत्र छनोटको फाइनलमा नेपालले हङकङलाई हराउँदै एसिया कपमा स्थान बनाएको छ ।

मलेसियाको किनरारा ओभलमा हङकङ माथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement