नेपालमै सीले भनेका थिए – चीनलाई विभाजित गर्न खोज्ने जोसुकैको शरीर चटनी र हड्डी धुलो बनाउछौं


काठमाडाैं- नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको संवादमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका थिए :‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोसिस गर्ने जो–कोहीलाई पनि धुलोपिठो बनाइनेछ । त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’

अंग्रेजीबाट हुबहु अनुवाद गर्दा अर्थ झन् भयानक छ । उनले चीनलाई विभाजित गर्न खोज्ने जोसुकैको शरीर चटनी र हड्डी धुलो बनाउने चेतावनी दिएका छन् । चीनको सरकारी टेलिभिजन सिजिटिएनले उनको भनाइ अंग्रेजीमा यस्तो राखेको छ,“Anyone attempting to split China in any part of the country will end in crushed bodies and shattered bones. And any external forces backing such attempts dividing China will be deemed by the Chinese people as pipe-dreaming!”

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा व्यक्त गरेको विचार संसारभर छरिएको छ । भ्रमणको दोस्रो दिन आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । तिब्बत, ताइवान, हङकङ र सिनज्यान विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको चासोबारे सीले ओलीसँग चर्चा गरेका थिए । तर, त्यस्तो चासो चीनका लागि असह्य हुने उनको भनाइ थियो । ओलीसँग भेटमा सीको भनाइ थियो, ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोसिस गर्ने जो–कोहीलाई पनि धुलोपिठो बनाइनेछ । त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’  आजको नयांपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement