काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशलाई पदमुक्त गर्न माग गर्दै संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।
प्रधानन्यायाधीश चलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलन गर्दै आइरहेको नेपाल बारले सोमबार दिउँसो २ बजे राजनीतिक दलहरुलाई प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै ध्यानाकर्षण–पत्र बुझाउने भएको हो ।
प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बारले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बारले जनाएको छ ।




प्रतिक्रिया