काठमाण्डु – सामाजिक सञ्जालमा लेखेको विषय चर्किएर हिंसा भड्किन सक्ने भएपछि सुरक्षा बन्दोबस्त मिलाउन जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालीन कर्फ्यूसँगै सेना परिचालन गरेको छ ।
हिन्दू र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपिन आचार्यले कर्फ्यू आदेश गरेका थिए । तर यत्तिले पनि नपुगेपछि प्रशासनले नेपाली सेनाको सहयोग लिएको छ ।
प्रशासनले सहयोग मागेपछि नेपाली सेना नेपालगञ्जका सडकमा आएको छ । ओमकार परिवारअन्तर्गत हिन्दू समुदायले मंगलबार र्याली गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाएको थियो ।
एकअर्का धर्मावलम्बीको आस्थामा आँच आउने विषय सामाजिक सञ्जालमा लेखेको विवाद चर्किएर सडक प्रदर्शनसम्म पुगेको छ ।




प्रतिक्रिया