नेपालगञ्जमा कोरोना संक्रमित बढेसँगै सीमानाकामा तीनै तहका सुरक्षाकर्मी परिचालन


दैलेख – बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला सुरक्षा समितिले सीमानाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको सुरक्षा समितिको बैठकले दैलेख जिल्ला सिल गर्नुका साथै मुख्य सीमा क्षेत्रहरुमा संयुक्त सुरक्षा परिचालन गर्ने निर्णय गरेको हो ।

दैलेख सुर्खेतको सीमा क्षेत्रका रूपमा रहेको गुराँसे, जाजरकोटको सिमानामा पर्ने सुयाडा, अछामसँग सिमाना जोडिएका आठबीस, डावलगायत स्थानमा आवश्यकतानुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई संयुक्तरूपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।

बाँके र कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेखसम्मको दूरी निकै कम भएको र भारतबाट आउनेहरुको सङ्ख्या एक हजार ५०० भन्दा बढी भएपछि सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै जिल्ला सिल गरिएको हो । बाँकेमा सङ्क्रमण देखिएका व्यक्तिको खोजी कार्य कर्णालीभर तीव्र पारिएको छ । दैलेखमा पनि सुक्ष्म अध्ययन शुरु गरिसकिएको सुरक्षा समितिले जानकारी दिएको छ ।

दैलेखमा ७६० जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । ९८ को स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।

कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासम्म पुग्ने मुख्य नाका मानिएको दैलेखको रानिमत्ता क्षेत्रबाट आवागमन धेरै हुन थालेपछि पालिकाहरुले ११ वटा हेल्पडेस्क स्थापना गरेर सुरक्षाका काम सञ्चालन गरिएका छन् । दैलेखका ८६१ श्यया क्वारेन्टाइन र ४० आइसोलेसन श्यया निर्माण गरिएको भए पनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement