काठमाण्डु- युक्रेनी जेलमा ४ नेपाली रहेका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।
परराष्ट्र मन्त्रालयले जनाए अुनसार काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई, बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन युक्रेनी जेलमा रहेका छन् ।
सरकारले युक्रेनमा बन्दी बनाइएका यी चार जना नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ ।




प्रतिक्रिया