भारतीय सुरक्षाकर्मीले गरे नेपाली युवाको अपहरण

भारतीय सुरक्षाकर्मीले गरे नेपाली युवाको अपहरण


कपिलवस्तु – नेपाल भारत सीमा क्षेत्रबाट एक नेपाली अपहरणमा परेका छन् । यशोधरा गाउँपालिका–८ मटेरियाका ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीहरुले शनिबार दिउँसो मर्यादपुर बजारबाट अपहरण गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा खानलाई भारततर्फ लगेको तर यस बारेमा केही खुल्न नसकेको प्रहरी चौकी मर्यादपुर प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

खानलाई गाडीमा बसालेलगत्तै नेपाल प्रहरीको मर्यादपुर प्रहरी चौकीको सुरक्षाकर्मी र शशस्त्र प्रहरीको सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मीको रोकावट छल्दै १० गजा क्षेत्र कटाएका हुन् ।

स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए ।