काठमाण्डु- अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
त्यसैगरी अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र हृवाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।
ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् । ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । अफगानिस्तानबाट हालसम्म २९५ नेपाली स्वदेश फर्किएका छन् ।




प्रतिक्रिया