दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्याकुरेल नियुक्त

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्याकुरेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दक्षिण कोरियाका लागि नयाँ नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) नियुक्त भएकी छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।