प्रधानसेनापति र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो जंगी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले नेपाल र युरोपियन युनियन बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement