नेपाली सेनाले गरेको ठेकेदार छनोटबारे छानबिन गर्न उपसमिति गठन


काठमाण्डु – प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले काठमाण्डु–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) बारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले ५ सदस्यीय उपसमिति गठन गरेको हो । सांसद गणेश पहाडी संयोजक रहेको उपसमितिमा जीपछिरिङ लामा, इन्दु शर्मा, अनिलकुमार झा र केदार सिग्देल सदस्य रहेका छन् ।

समितिले बुङमती–खोकना समस्या, नेपाली सेनाले गरेकाे ठेकेदार छनोट, पुल निर्माणमा भएको भनिएको अनियमितता, रेलवे क्रसिङलगायतका विषयमा अध्ययन गर्न उपसमितिलाई निर्देशन दिएको छ ।

नेपाली सेनाले तराई/मधेस द्रुतमार्गको ५० अर्बभन्दा बढीको लागतका सुरुङमार्ग र पुल निर्माणका लागि सीमित ठेकेदार कम्पनी मात्रै छनोट गरेपछि विवाद उत्पन्न भएको थियो । यस विषयमा प्रतिनिधिसभाको लेखा समितिले छानबिन थालिसकेको छ ।

सेनाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन चाइना र पोली चङ्दा इन्जिनियरिङ कम्पनी छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement