अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गीअड्डामा बसेको बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको सेनाले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको र स्वास्थ्यर्मीहरुसमेत संक्रमित भएर उपचारमा खट्न नसक्ने अवस्था आएकाले अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई जुनसुकै बखत बोलाउन सक्ने भएकाले तयारी अवस्थामा रहन सेनाले निर्देशन दिएको हो ।

नेपालमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको पनि सेनाले जनाएको छ ।