उद्धार कार्यमा नेपाली सेना

उद्धार कार्यमा नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विगत केहि दिनदेखी परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी/पहिरोबाट प्रभावितलाई नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालन गरि खोज तथा उद्धार कार्यलाई जारी राखेको छ ।

सिरहाको गोलबजार नगरपालिका– ९ स्थित घुर्मी खोलामा आएको बाढीले डण्डा टोललाई प्रत्यक्ष असर गर्न सक्ने भएकोले उक्त जोखिमलाई न्युनिकरण गर्न नेपाली सेनाको उद्धार टोलीले कटान भएको स्थानमा ७०० बोरा माटो भरी थप कटान हुनबाट जोगाउन तटबन्ध निर्माण कार्य गरेको छ ।

त्यस्तै रुपन्देहीमा तिनाउ नदिको बहाव बढेसंगै नदीले बुटवल उपमहानगरपालिका– ११ बुद्धनगर क्षेत्र वरपरको नदी किनारामा रहेका बस्तीहरुमा कटान गरी सो क्षेत्र आसपास बसोवास गर्ने घरहरु जोखिममा परेको हुँदा सेनाको उद्धार टोलीले नदीले क्षति पु¥याएका स्थानहरुमा खट्टिई उद्धार कार्य गरेको छ । साथै, उक्त टोलीद्वारा तिनाउ नदीको बहावले कटान गरेको क्षेत्रमा १५ वटा ग्याविन जालीमा ढुङ्गा भरी कटान हुन सक्ने सम्भावनालाई न्युनिकरण गरेको छ ।

कोशी नदीको सतह बढ्न गई सुनसरी जिल्ला, बराहक्षेत्र नगरपालिका– ६ ठाकुरबाढी नजिक रहेको गरिईया टापुमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु खोला तर्न नसकि फसेको हुँदा सेनाको उद्धार टोलीले उक्त ईलाकामा फसेका स्थानीय बासिन्दाहरुको उद्वार गरी सुरक्षित स्थानमा स्नानान्तरण गरेको छ ।

तेह्रथुम जिल्लाको छथर गाउँपालिका– ६ बस्ने गैह्रसैनिक व्यक्ति टेक बहादुर थापाको श्रीमती बर्ष ३२ की बविता भुजेल थापा सुत्केरी ब्यथाका कारण अस्पतालमा उपचार भईरहेकोमा अत्याधिक रक्तश्राव भएका कारण थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।