नेपाली सेनाद्धारा विभिन्न स्थानमा उद्धार कार्य जारी


काठमाण्डु – बिगत केहि दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी÷पहिरो गई जनजीवन प्रभावित भएका ईलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्य संचालन गरेको छ ।

दार्चुलाको महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ जोड्ने दार्चुला–तिंकर सडक खण्डको निजाङ्ग खोलामा निर्मित पक्कि मोटरेवल पुल बाढीले बगाएपछि नेपाली सेनाको टोलीले अस्थायी काठे पुल निर्माण गरेको छ । उक्त पुल निर्माण पश्चात अलपत्र परेका २०० जना व्यक्तिहरु गन्तव्य स्थलतर्फ जान सफल भएको सेनाले जनाएको छ ।

त्यस्तै बुधबार राति नेपाली सेनाको खोज तथा उद्धार टोलीले नेपाल प्रहरीको सहयोगमा दाङ्गको घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलाले बगाएको कारका घाइते तथा चालकको उद्धार गरि अस्पताल पुर्याउन सफल भएको छ ।

साथै, घटनामा बेपत्ता भएका अन्य २ जना यात्रुहरुको खोजी गरि पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement