काठमाण्डु – सरकारले दुई जना सैनिकको पदावधि थप गर्ने निर्णय गरेको छ । पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका प्राविधिक सहायकरथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप गर्ने निर्णय गरेको हो ।
साथै मन्त्रिपरिषद्को बैठकले अन्य सैनिक अधिकृतहरूसमेत बढुवा गरेको छ । सहायक रथी डा. अरुणकुमार न्यौपाने, सहायक रथी सागर बहादुर केसलाई अवकाशपूर्व उपरथी दर्जामा बढुवा र महासेनानी खगेश्वर अर्यालको अवकाशपर्वू विशेष बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले विचिन्न सेवा समूहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा र चार सैनिक अधिकृतहरुको बढुवा गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया