नेपाली सेनामा खुल्यो अधिकृतका लागि जागिर (सूचनासहित)

नेपाली सेनामा खुल्यो अधिकृतका लागि जागिर (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले २८० अधिकृत (सहायक सेनानी÷उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो।

रिक्त रहेको सैनिक अधिकृत पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक युवाले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।