नेपाली सेनाद्वारा २०३ औं भगवती जात्रा सम्पन्न

नेपाली सेनाद्वारा २०३ औं भगवती जात्रा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले २०३ औं भगवती जात्रा सम्पन्न गरेको छ । पाल्पा जिल्लामा रहेको नेपाली सेनाको निशान तानसेन नगरपालिका–४ स्थित दरबार परिसरमा रहेको ७ रणउजिरेश्वरी भगवती मन्दिरको परिक्रमा गराई २०३ औ भगवती जात्रा सम्पन्न गरेको हो ।

जिल्लामा तैनाथ गोरखदल गणका गणपतिले पूजाआजा गरि जात्राको बिधिवत रुपमा शुरुवात गरेका थिए । कोभिड–१९ को प्रोटोकललाई पुर्ण रुपमा पालना गरी संचालन गरिएको उक्त जात्रामा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

साथै, तानसेन नगरपालिका–२ स्थित ऐतिहासिक अमरनारायण मन्दिरको २१५ औ शोभा रथयात्राको दौरान बढाईको लागी सोही गणबाट बढाई टोली खटिई विधि पुर्वक पुजा आजा तथा बढाई समेत गरिएको थियो ।