प्रधानसेनापति शर्माद्धारा खेलाडीहरुलाई विदाई


काठमाण्डु – रसियाको मस्कोमा हुन गइरहेको ‘५८औं विश्व सैन्य बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ ।

यहि भदौ ३१ गतेदेखि असोज १० गतेसम्म संचालन हुने च्याम्पियनसिपमा सहभागी हुने त्रिभुवन आर्मी क्लवका खेलाडीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरेका हुन् ।

उक्त विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल बक्सिङ्ग संघका अध्यक्ष, पत्रकारलगायत नेपाली सेना त्रिभुवन आर्मी क्लबका प्रायोजकहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनाले गत बर्ष सदस्यता लिएको अन्तराष्ट्रिय सैन्य परिषदको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाली सेनाका ८ जना खेलाडीहरु (४ पुरुष÷४ महिला) तथा ७ जना अफिसियलहरु सहभागी हुँदैछन् ।

यस प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको सहभागीताले खेलाडीहरुमा आत्मविश्वास बढ्ने तथा सैनिक कुटनिती थप मजबुत हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement