नेपाली सेनाका हुद्दाको हत्या आरोपमा एक जना पक्राउ


काठमाण्डु— नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत गुरुङ बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा मृत अवस्थामा फेला परेका थिए ।

उनको टाउकोमा गोली लागेको थियो । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले बिहीबार नै एकजनालाई पक्राउ गरेको हो । ती व्यक्तिको साथबाट एकथान हतियार समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिंदै छ । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो ।

उनको शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ । ३६ वर्षीय गुरुङ नेपाली सेनाका हुद्धा हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement