सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न कुनै कसर बाकी राख्दैनौ : प्रधानसेनापति

सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न कुनै कसर बाकी राख्दैनौ : प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नगरकोटस्थित नेपाली सेनाले महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन गरेको छ। नेपाली सैनिक वार कलेजमा २९ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. ५ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे।

तालिम समापनका अवशरमा नारायणहिटी स्थित उपत्यका पृतना हेड क्वाटरमा आयोजित बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अन्तिम प्रवचन गरेका थिए।

प्रधानसेनापति क्षत्रीले उक्त तालिममा समग्रमा सर्वप्रथम हुने महा सेनानी हिमांशु खड्कालाई ‘वेस्ट स्टुडेन्ट अवार्ड’ शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार २५,००० तथा ‘एकेडेमिक राईटिङ’ तर्फ प्रथम हुने महा सेनानी दिपेशजंग शाहलाई प्रमाणपत्र तथा नगद.२५,००० र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए।