नेपाली सेनाले बनायो गुल्मीको तम्घासमा १६ शैयाको आइसोलेसन कक्ष

नेपाली सेनाले बनायो गुल्मीको तम्घासमा १६ शैयाको आइसोलेसन कक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – नेपाली सेनाले गुल्मीको सदरमुकाम तम्घासमा १६ शैयाको आइसोलेसन कक्ष निर्माण गरेको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अगुवाईमा तम्घासमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयमा नेपाली सेनाको टोलीले १६ शैयाको आईसोलेशन कक्ष निर्माण गरेको हो ।

हिजो एकै दिनमा वीरभद्रजंग गुल्म र धागीथुम ब्यारेकको १५ जनाको टोलीले उक्त क्षमताको आईसोलेशन निर्माण गरेको गुल्मपति सेनानी भुपेन्द्र गुरुङ्घले जानकारी दिए ।

सेनानी गुरुङ्घले ब्यारेकमा पनि क्वारेन्टाईन र आईसोलेशन बेग्लाबेग्लै बनाइएको जानकारी दिए । सेनाको टोलीले जिल्ला अस्पताल परिसरमा पनि आईसोलेशनका लागि पालहरु टाँग्ने काम गरेको छ ।

त्यस्तै सेनाले एक टुकडी समेत परिचालन गरेको छ । गुल्मीको प्रवेशद्धार रिडी लगायतका मुख्य–मुख्य नाकाहरुमा हेल्थ डेक्स राखिएको छ ।