काठमाण्डु – चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा नेपाली सेनाले आन्तरिक छानबिन शुरू गरेको जनाएको छ ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन थालिएको जानकारी दिएको हो ।
यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने पनि सेनाले जनाएको छ । साथै, नेपाली सेना, सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ ।





प्रतिक्रिया