प्रधानसेनापति थापाद्धारा ‘क्षेत्रिय लजिष्टिक डिपो’को समुद्घाटन


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले बांके जिल्लाको कौशिलानगरमा नेपाली सेनाद्वारा नवनिर्मित पश्चिम लजिस्टिक डिपोको समुद्‍घाटन गरेका छन् ।

समुद्‍घाटनको क्रममा प्रधानसेनापति थापाले देशको भौगोलिक संरचनासँग मिल्ने गरी केन्द्रीकृत नियन्त्रण तथा विकेन्द्रीकृत कारवाहीको अवधारणा अनुरुप मितव्ययिता, लचकता तथा आत्मनिर्भरतालाई प्रमुख आधार बनाई सरल र व्यवहारिक लजिष्टिक प्रणालीको विकास गरी फौजको लड्ने शक्तिलाई बढोत्तरी गर्दै सैनिक लक्ष्य हासिल गर्ने उद्देश्यका साथ उक्त क्षेत्रिय लजिष्टिक वेशको स्थापना गरिएको बताए ।

उक्त वेशको संचालन पश्‍चात पहिलो चरणबाट नै पर्शनल क्लोदिङ्गका सामग्रीहरुको वितरण प्रणालीमा विकेन्द्रीकरण भई फर्मेशन, युनिट तथा सव(युनिटहरुका सकलदर्जा प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्‍वास व्यक्त गरे ।

साथै उनले उक्त वेश पुर्ण रुपमा संचालन पश्‍चात आवश्यकता बमोजिम समयमानै सरल, शिघ्र र प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने क्षमताको विकास भई समग्र नेपाली सेनाको बन्दोबस्ती तथा अपरेशन क्षमतामा अभिबृद्धी हुने विश्‍वास समेत व्यक्त गरे ।

प्रधानसेनापति मार्ग निर्देशन बमोजिम नेपाली सेनाको बन्दाबस्ती क्षमता अभिबृद्धि गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा उत्तर पश्चिम पृतना र सुदुर पश्चिम पृतना अन्तर्गतका युनिटहरुलाई लक्षित गरी बाँके जिल्लाको कौशिलानगर क्षेत्रिय लजिष्टिक वेशको स्थापना गरिएको हो ।

कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष रथी, अन्य रथीवृन्दहरु, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो ।

यस प्रकारको लजिस्टिक डिपोको स्थापनाले नेपाली सेनामा सरल, शिघ्र र प्रभावकारी लजिष्टिक प्रणालीको विकास भई समग्र बन्दोबस्ती तथा अपरेशन क्षमता अभिबृद्धी हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement