काठमाण्डु – नेपाली सेनाले आयोजना गरेको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन रेस–२०७७’ सम्पन्न भएको छ । मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको हो ।
उक्त रेस प्रतियोगितामा पुरुषतर्फ सोलुखुम्बु, महाकुलुङ्ग–५ का सुमन कुलुङ्ग र महिलातर्फ भोजपुर षडानन्द–५ की अनिता राई प्रथम भएका छन् ।
२१६ जना पुरुष, २५ जना महिला तथा २ जना बिदेशी नागरिक गरी जम्मा २४३ जना खेलाडीहरु सहभागी भएका थिए ।
महाशिवरात्री तथा सेना दिवस २०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्नि सरकारी निकायहरुको सहकार्यमा एतिहासिक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्दन र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको थियो ।
उक्त दौड प्रतियोगिताको दौरान नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्ग, चौतारा सांगाचोकगढी र बाह्रबिसे न.पा.का मेयर, प्रमुख जिल्ला अधिकारी, भोटे कोशी गा.पा. र ईन्द्रावति गा.पा.का अध्यक्ष, जनप्रतिनिधिहरु, बिशेष अतिथि बैकुण्ठ मानन्धर र मीरा राई, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न व्यावसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठूलो संख्यामा स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया