काठमाण्डु – नेपाली बालिका बलात्कारपछि हत्या प्रकरणमा भारतको बिहारस्थित चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जन निलम्बित भएका छन् ।
यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए ।
उनले पीडितको जाहेरी लिन अस्वीकार गरेको अडियो भाइरल भएको थियो । सो अडियोमा आरोपी र थाना प्रमुखबीचको मिलिभगतको आशंका गरिएको थियो ।
सोही घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्ज रञ्जनलाई मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।




प्रतिक्रिया