नेपालबाट अष्ट्रेलिया पुगेका नेपाली युवकमा कोरोना संक्रमण भएको पुष्टि

नेपालबाट अष्ट्रेलिया पुगेका नेपाली युवकमा कोरोना संक्रमण भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालबाट अष्ट्रलिया पुगेका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका ती युवालाई कोरोना भएको पुष्टि भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

ती युवाको परिचय भने खुलाइएको छैन । गत शुक्रबार गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना (कोभिड–१९) भएको पुष्टि भएको हो ।

होटेलमा कार्यरत ती युवामा कोरोना पुष्टि भएपछि होटेलमा अरू कर्मचारीलाई समेत सर्न सक्ने भएकाले अधिकारीहरूले उनीहरूको समेत स्वास्थ्य परीक्षण गरिने बताएका छन् ।

अहिले उक्त संक्रिमित विद्यार्थीलाई शाही होबर्ट अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको स्वास्थ्य विभागले बताएको छ ।

त्यस्तै सँगै बस्ने उनका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ ।