नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दैछु : सनी लियोनी


काठमाडौं – पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन् । सो चलचित्रको एउटा गीतमा उनले आकर्षक नृत्य गरेकी छन् ।

तीन दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । सनी लियोनीले पनि उक्त म्युजिक भिडियो आफ्नो ट्वीटरमा सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा आफूलाई गर्व लागेको बताएकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement