काठमाडौं—सरकारले ८ जनाको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ। झुठो विवरण पेस गरी नागरिकता लिने ती व्यक्तिहरुको नागरिकता रद्द गर्ने निर्णग १६ साउनको मन्त्रिपरिषद् बैठकल गरेको हो।
नागारिकता रद्द हुनेमा अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतो छन्।
यस्तै राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको समेत नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए।




प्रतिक्रिया