काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी पदाधिकारी बैठक मंसीर १४ मा हुने उपनिर्वाचनमा केन्द्रीत रहेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार एकता र उत्साहसाथ उपनिर्वाचनमा होमिने निर्णय भएको छ । ‘बिजय अभियानमा एकता र उत्साह साथ सम्पूर्ण रूपले केन्द्रीत हुने निर्णय भएको छ,’ बैठकपछि शर्माले भनेका छन् ।




प्रतिक्रिया