काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाबारे प्रतिक्रिया दिँदै जनताको जीत भएको बताएको छ ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन् ।
‘न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ’, उनले भने ।




प्रतिक्रिया