नेकपाको विवाद समाधान नभई सरकारमा नजाने कांग्रेसको निर्णय

नेकपाको विवाद समाधान नभई सरकारमा नजाने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान नभई सत्ताका लागि सहकार्य नगर्ने निर्णय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेकपाको पछिल्लो अवस्था हेरेर सरकारमा जाने नजाने विषयमा टुंगोमा पुग्ने निर्णय गरेको हो । नेकपाको विवाद र संसद बैठकपछिको अवस्था हेरेर निर्णय गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

उनले संसद बैठकपछि नेकपा कसरी अगाडि बढ्छ त्यही अनुसार काँग्रेसले अन्तिम निर्णय सार्वजनिक गर्ने उनले बताए । महामन्त्री महतले प्रधानमन्त्री केपी शर्मा अ‍ोली संसदीय दलको नेता रहेकाले प्रचण्ड–नेपाल समूहसँग सहकार्य हुन नसक्ने बताए ।

‘यो अवस्थामा भोलि उहाँहरुको पार्टी एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ भन्ने कुरा कांग्रेसको नियन्त्रणको कुरा होइन’, उनले भने, ‘अब संसदको बैठक होस् परिस्थिति कसरी अगाडि बढ्छ त्यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो निर्णय लिन्छ ।’

बुधबार प्रचण्ड–माधव नेपालले सभापति देउवालाई भेटेर प्रधानमन्त्री बन्न अफर गरेको विषय बाहिरिएको थियो । त्यसको भोलीपल्ट सभापति देउवाले पार्टीभित्र गहन छलफल गरेका हुन् ।