काठमाण्डु – नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्तालाई सकारात्मक रुपमा लिएको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सरकारले वार्ता समिति गठन गर्नु सकारात्मक भएको बताएका छन् । उनले विज्ञप्तिमा ईमान्दार वार्ताबाट समाधानमा पुग्न पनि आग्रह गरेका छन् ।
‘नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ’, उनले भनेका छन्, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’




प्रतिक्रिया